फुङ्लिङ बजारमा महिला मृत फेला

ताप्लेजुङ | फागुन १८, २०७९

फुङ्लिङ बजारमा महिला मृत फेला

ताप्लेजुङ: ताप्लेजुङमा बिहीबार बिहान एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको न्यूरोड लाइनमा डेरा गरी बस्दै आएकी महिला मृत फेला परेकी हुन् ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षीया शर्मिला तामाङ भएको खुलेको छ । फुङ्लिङ नगरपालिकाको दोखु घर भई हाल आफ्ना दुई छोरी पढाउनलाई तामाङ फुङ्लिङ बजारमा बस्दै आउनुभएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

 

मृतक महिलाका घर र मैवाखोला माइती गाउँका आफन्त आइपुगेपछि कानुनी प्रक्रियाको कार्य अघि बढाइने भएकाले त्यसपछि मात्र बाँकी विस्तृत विवरण आउने उहाँले जानकारी दिनुभयो । डेरा गरी बसेको कोठामा ओछ्यानमै ती महिलाको शव फेला परेको छ । मृतक महिलाकी श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको बुझिएको पनि प्रहरीले जानकारी दिएको छ ।       

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्